Last modified on 27 मार्च 2018, at 14:16

म डबल रोल खेल्दिन / विमल गुरुङ


ध्रुब !
दीपक !
म डबल रोल खेल्दिन
मलाई थाहा छ
यस संसारमा केहि तटस्थ हुन सक्दैन
म एकपक्ष
सिर्फ एकपक्ष
त्यो पक्ष, जो सत्य छ
दीपक !

तिमीहरुको झगडाको म फैसला गर्न सक्दिन
यस अर्थमा कि
मलाई झगडाको जड थाहा छैन
बिस्वास गर
म डबल रोल खेल्दिन ।