Last modified on 12 नवम्बर 2017, at 11:56

म त लाली गुराँस भएछु / क्षेत्रप्रताप अधिकारी

म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु

फाँटहरुले कसलाई पुग्छ
भीरमा पनि फुलिदिन्छु
खुशी मात्र कहाँ हुन्छ
पीरमा पनि फुलिदिन्छु
म त लाली गुराँस भएछु

हेरिदिने कोही भइदिए
नानीभित्र फुलिदिन्छु
लाइदिने कोही भइदिए
सिउँदोभरि फुलिदिन्छु
म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु।