Last modified on 4 दिसम्बर 2020, at 09:31

म पनि गाउँछु, गीत अमेरिकाको / ल्याङ्ग्स्टन ह्यूज / सुमन पोखरेल

म पनि गाउँछु, गीत अमेरिकाको

म काले भाइ हुँ ।
पाहुना आएको बेला
तिनीहरू मलाई भन्सामा पठाउँछन्‌
खाना खान ।
तर मलाई हाँस उठ्छ
म गमगम खान्छु
र मोटाउँछु ।

भोली,
पाउना आएका बेला
म टेबुलमा बसेर खानेछु ।
त्यसबेला कसैले पनि साहस गर्न सक्नेछैन्
'भान्सामा गएर खा' भनेर मलाई अर्‍हाउने ।
बरु उल्टै
म कति धेरै राम्रो छु भन्ने
देख्नेछन् तिनीहरूले
र आफैँ लज्जित हुनेछन् -

म पनि अमेरिकी नागरिक हुँ ।
………………………………………………………………………
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ