जेठका साँझ हुत्याएको
सुरिलो बाँस झैं
म अतीतलाई म्वाई खान जान्छु ।
घामले डढेर
पट्पटी फुटेको जमीनमा
म र मेरो अतीतको एउटा चिनाजानी छ
विना कुनै वर्तमान र भविष्यका आधारमा
म थाहा पाउँछु मेरो अतीत
फुटेको छ, चर्केको छ
र मेरो अतीतले थाहा पाउँछ
ममा बाँसको झैं खोक्रोपना छ ।
०००
...............................................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।