नाइँ नाइँ-नाइँ,
त्यो होइन होइन म
त्यो अधम पापिष्ठ
चोरजस्तो
पसेर अरे
शून्य देवालय
पूत जे थियो
शुभ्र जे थियो
शुचि जुन थियो
कालो कल्मष पोतिदिन, लेपिदिन
त्यसको अवयव
लुक्दै गएर, लुकी-लुकी मन-अन्धकार ।
म मात्र चाहन्छु
पृथिवीको पापहरण गरेर
वसुधाको व्यथावहन गरेर
मानिसको मुख उज्ज्वल पारेर
कसो कसो मानौ, दिन दिव्यदृष्टि एक
नयन मरेर ;
आऊ साधुसद आऊ सभासद
आऊ है सबै मानबदल
आऊ अङ्गद
सबजना मिली हात जोडेर
मेरो छातीमा हात थामेर
हेरौं अलिबेर आँखा चिम्लेर
प्राणको उत्स
कस्तो स्वच्छ
रहँदै बहँदै आएछ जीवनान्तर
जीवनस्रोत
कलुषित यसलाई
गर्न प्रयास
विफल उद्देश्यका गतिमा पाएको
आमूल विक्षोभ मुलेर ।