यसरी बस्यौ यो मुटु माझ निकाल्न सकिनँ
यो मुटुभित्र कसैलाई अरू स्वीकार्न सकिनँ
अँध्यारो कालो संसारबीच तिमी के आइदियौ
निभेको मेरो मनको आभा तिमी नै भैदियौ
बोलाए होलान् कतिले मलाई थाह नै पाईनँ
मधुर तिम्रो निमन्त्रण मैले पन्छाउन सकिनँ
वसन्त बनी बाह्रैमास मनमा छाइदियौ
भुलिनसक्नु प्रगाढ माया मुटुमा लाइदियौ
दिएथे होलान् कतिले माया थाह नै पाइनँ
बैँसालु तिम्रो रहरलाई मैले पन्छाउन सकिनँ
झकाएका आँखा नशालु पारी यसरी हेरिदियौ
गुलाबी अधर ओठमा राखी रङ्ग नै फेरिदियौ
साँचेथे होलान कतिले तृष्णा थाह नै पाइनँ
नशालु तिम्रो यौवनलाई मैले पन्छाउन सकिनँ