Last modified on 16 जुलाई 2017, at 08:34

यसलाई म के भनूँ / राजेश्वर रेग्मी


यसलाई म के भनूँ प्यार हजूर
टुक्राटुक्रा मुटु भए हजार हजूर

एक नजर यसो चोरेर हेर्नलाई
नलगाउनु’स् आँखामा छेकबार हजूर

जन्मेपछि माया त लगाउनुपर्छ
नभए बाँच्नुको के सार हजूर

लामो यात्रामा पैदल हिंडाउन सक्छु
छैनन् मसँग मोटर, कार हजूर

तीर नरोप्नुहोस् मेरो छातीमाथि
सक्तिनँ भन्न गुहार गुहार ! हजूर