म ती दिनका कुरा गर्दैछु
जब सूर्यनिप आङ तान्दै
आफ्नो गुफाबाट निस्कन्थ्यो
अनि म ती रातका कुरा गर्दैछु
जब चाँदनी मस्किँदै
आफ्नो आश्रयबाट सुस्तरी ओर्लन्थी
बिहान मोतीभन्दा पनि अनमोल शीत
पूmलका पत्रमा टल्किन्थे
चमेली फुल्थे, हरिया रूखहरू पवनसँगै झुल्थे
सूर्यमुखी बैँसको संघारमा ढल्केर उभिन्थे ।
जता हेर्यो नजर त्यतै टोलाउँथ्यो
छहरा पनि आफ्नो गति एकैछिन रोकेर स्याँस्याँ शान्त पार्थ्यो
प्रकृतिको सम्पूर्ण रस आफ्नो प्यालामा भथ्र्यो र पिउँथ्यो
यी सबै कुरा सम्झेर अचेल मन एकदमै उदास छ ।
किनभने, मानौँ भर्खर जन्मिएको एउटा शिशुलाई
रगतपछ्य पारेर बीभत्स तरिकाले मारिएको छ
अनि मानौँ राजा माइदासले छोएर
सारा सुन्दर चीजहरूको
शृङ्गार, सुगन्ध र सौन्दर्य सखाप भएको छ
विरहमा अब आँसु कङ्कर बनेर बर्सिन्छन्
र स्नेह, प्रेम चट्टानका पत्र बनेर
भुइँमा बजारिन्छन् टुक्रिन्छन्
र अब सायद जीवन अझ् कठिन हुनेछ होला
सायद अब विश्वमा फेरि ढुङ्गेयुगको सुरुआत भएको छ ।