Last modified on 23 जून 2017, at 08:17

यो जिन्दगी कति भेष बदलिरहन्छ / सुरेन्द्र राना


यो जिन्दगी कति भेष बदलिरहन्छ
कहीँ साधु कहीँ चोर बनी परिवेश बदलिरहन्छ

हेर्दाहेर्दै आँखाहरू थाहै नपाई मनहरूमा
कहीँ आफन्तको कहीँ पराईको ठेस लागिरहन्छ

कति साह्रो नक्कले रहेछ यो जिन्दगी
बिना ऐना बिना काँइयो केस कोरिरहन्छ ।