भार बनी यहाँ कति दिन
बाँच्न सक्ला यो जीर्ण तन ।
पूर्ण-पीड़ा व्यापित यो मन
रहने भई जगमा कति दीन।
जहाँ जता पनि अबहेलना
खपी कति कस्तो लाञ्छना
हीन भई बस्ने
अब किन यहाँ।
छैन किञ्चित शान्ति
छ सर्वदा आँसु नै साथी।
भन्छ ऊ हर स्पन्दनमा
छैन सहनशक्ति अब ममा-
उत्तेजित भई चाहन्छ निस्कन
सन्निरुद्ध यो चिर-रोदन
बनेर एउटा करुण-क्रन्दन।
तर जब अशक्त हुन्छ त्यो बन्नमा
पुनः आँसु नै अनि नेत्रमा
निस्कन्छ बनेर अविरल।
किन्तु बग्ने चिर वेदना
कति दिन त्यस्तो तरलतामा!!