यो जून निभेको राती
घाम डुबेको बिहान
खन्दैछ मान्छे आफैँ
आफ्नै आस्थाको चिहान
मेटेर फूलको लाली पोत्दैछ रगतको रङ्ग
आकार छोडेर आफ्नो बन्छ किन अजङ्ग
यो बुद्ध रोएको क्रान्ति
लासै लासको शान्ति
बन्दैछ मान्छे आफैँ
आफ्नै युगको विश्रान्ति
सुन्दर यो शान्त बस्ती आफ्नै हातले उजाडी
निर्ममताले ल्यायो आफैँ रगतको बाढी
यो लक्ष्यविनाको यात्रा
प्राप्तिविनाको समय
भुल्दैछ आज किन
इतिहासको त्यो परिचय