Last modified on 16 मार्च 2017, at 14:44

यो ज्यानको माटोमा / मनप्रसाद सुब्बा


यो मेरो ज्यानको माटोलाई
तिम्रा औंलाहरूले छोएका मात्र के थिए
कि त्यहाँ उम्रियो यौटा संवेदन
जसका कुत्कुत्याउँदो लहरा अनि
चिल्ला टल्किँदा पातहरूले
यो शरीरको डल्लै खेत ढाकिदियो
अनि मेरो मुटुको फेदसम्मै जरा हालेर
यो संवेदनले
धड्काइरहन्छ अनन्त साउती प्रेम... प्रेम... प्रेम... !