यी दुई थोपा आँशु
मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँशु
होला कि नहोला।
दुःख-वेदनामा रोइदिन्छ आँशु
खुसीको सीमामा झरिदिन्छ आँशु
भोलि रमाउन कसैकोमा आँशु
होला कि नहोला।
भन्न नसकेका बोलिदिन्छ आँशु
पीर बाँधिएका खोलिदिन्छ आँशु
भोलि पीर पोख्न कसैकोमा आँशु
होला कि नहोला।
बितेका दिनको कथा लेख्छ आँशु
मिलन-बिछोडको व्यथा लेख्छ आँशु
भोलि लेख्नलाई कसैकोमा आँशु
होला कि नहोला।