आह!
यति मीठो हुनसक्छ पीडा पनि?
कहीं थाहै नपाई म म्यासोकिस्ट त भइसकिनँ ?
यसबेला,
संसारका सारा पीडाहरू
काँधमा बोकेर
कल्वेरीको उकालो हिँड्न पनि तयार छु म
ओह !
यति दुःख्ने हुनसक्छ खुशी पनि?
कि म त आफैमा नअटाउने भइसकें नि !
ए खुशी खोजिहिँड्ने आँखाहरू हो,
आऊ मकहाँ -
म तिमीहरूलाई मेरो मुस्कान मुछिएको
आँसुको हीरादाना दिन्छु।
रागिनी,
उनीहरू सप्पैलाई अँगालेर
बताइदिऊँ कि यो दुखिरहने खुशीको रहस्य !