यो वन पाखामा, मेरो शीर तिम्रो काखमा
के देखूँ अब म, भन तिम्रो आँखामा
यो वन पाखामा, तिम्रो शीर मेरो काखमा
बोल्दैछ तिम्रो आँखा पीरतीको भाखामा
बाटो हिँडेको कति केही पनि थाह भएन
घाम चर्को थियो होला त्यो पनि यहाँ भएन
उकाला बाटाहरू तिम्रो साथले सम्यायो
सबै थकाइहरू तिम्रो मुस्कानले मेटायो
हिँडेको धेरै हो यहाँ, तर आज नौलो झैँ छ
सधैँ देखेको आकाश, किन आज पहिलो झैँ छ ?
तिम्रो हेराइले नयाँ संसार देखायो शायद
तिम्रो बोलाइले कतै माया लगायो शायद