Last modified on 6 जुलाई 2017, at 09:48

रहरको शिखर / ज्योति जङ्गल


 
अत्यास बुन्छ मान्छे रहरको
र त्यसैमा रमाउछ,
श्रृङ्खला श्रृङ्खला थप्छ
र सधैं अल्भि्कन्छ,
 
यो रहरको कला
युग निलेको
त्यो अनुरागी चट्टानभित्र पनि
छोपिएको होला
सुन्दर शहरजस्तो,
लाखौंको लाशमाथि निर्मित
उत्कृष्ट तानाशाहको मनभित्र पनि
हुनसक्छ कुनै अतृप्त रहर
कलिलो घामजस्तो।
 
मृत्युपछिको सुखसमेत
रहरको बतासमा लहरिन्छ
जब रहर
पछिल्लो पुस्ताको सुरक्षा सम्झनथाल्छ,
कैले जीवनबाट एक्लिएर जिन्दगी
आफ्नै रहरले प्रकम्पित
प्यासको भुमरीमा सिद्धिन्छ।
 
पाइलापाइला रहर टेकेर
हिड्नलाई उज्यालोको भारी बोकेपछि
जीवन बोल्ने आवाजका आखाहरु समेत
आराममा बेचैनीको रहर गर्छन्
काममा थकानको रहर गर्छन्।
 
विसाउनेहरु थकाइ मारेर फेरि कुद्छन्
कुद्नेहरु थाकेर विसाउँछन्
थोपासग ठोक्किएर थोपाहरु
महासागरको रहरमा बग्छन्
 
यो रहरको शिखर चढेदेखि
आजसम्म पुग्न सकेको छैन
कुनै अन्तिम खुडि्कलो,
र दौडिरहेछ रहर
अपबाद बाहेक
विना रहर त
मन अचेत मात्र हुनसक्ला।