Last modified on 26 अगस्त 2024, at 17:49

रोजाइ / सानु शर्मा

यो बिरानो सहरमा
अविश्रान्त र थकित तन लिएर
धूमिल र असन्तुष्ट मन लिएर
एउटा भ्रमलाई साँचो मानेर
परायालाई आफ्नो ठानेर
जिन्दगी बिताएको धेरै भो
तर यो रोजाइ पनि त मेरै हो ।

सम्झौता र स्वार्थहरूमा
आस्था र विश्वास खोज्दै
थिचिएर जिन्दगीको बोझमुनि
अलिकति सुबिस्ता र विश्राम खोज्दै
छटपटाएको धेरै भो
तर यो रोजाइ पनि त मेरै हो ।

यथार्थलाई बुझपचाउँदै
सपनाको दुनियाँमा रगमगाएको धेरै भो
तर यो रोजाइ पनि त मेरै हो ।
००००