Last modified on 30 अप्रैल 2021, at 21:28

रोदन (श्लोक ३४ देखि ४४) / नरेन्द्रप्रसाद कुमाईँ

(३४)
त्यस्तो प्रेमको प्रान्तमहा त्यो
मकन भुलाई लगिकन राख्यौ,
किन्तु मैले के वल एउटा
प्रेम नबोल्दै सुन्दरी भाग्यौ ।
कृतिच एवं मूल्याङ्कन

(३५)
वियोग यस्तो दु:खमय हुन्छ
भनिकन जान्दो हुँ त पैले,
तिमीसँग मिलन-सुखको रत्ति
चाह म गर्ने थिइनँ कैले!

(३६)
अबोध बालझे हृदय मेरो
नयन-वाणले घायल पार्‍यौ,
फेरि प्रेम-पाशको बन्धन
निष्ठुरी तिमीले तृणमा पार्‍यौ ।

(३७)
तारक भए सब टुक्रा-टुक्रा
स्वर्गङ्गाको सुक्यो धार,
आकाश भयो उदास-शून्य
नीरवताको हाहाकार।

(३८)
त्यो नीरवता एउटा
हृदय चिर्ने चीत्कार गर्छ;
शून्यताको चुप-चुप रोदन
शान्त हृदयमा खल्बल गर्छ।

(३९)
भयो छिन्न वीणाको तार
त्यसको अब स्वर नै छैन,
छिन्न तार त्यो गाँसी-गाँसी
बजाउँछु – तर संगीत छैन!

(४०)
प्यारो मेरो मानसपटलको
आह! खड़ा त्यो हाँसिरहेको,
उनको चित्र अब अन्तरमा
छ त्यो दुःखमय याद बनेको ।

(४१)
जति-जति प्रेयसि! मनमा हाँस्छे,
याद उति-उति सजग हुन्छ,
आँशुले सब भार बगाए
मात्र पीड़ा यो हलुका हुन्छ ।

(४२)
आँखामा छ छाइरहेको
त्यो हाम्रो मिलनको याद,
पाई शान्त मन यो फेरि
मचाउँछ त्यो भीषण नाद ।

(४३)
दृगजलको तातो मसीले
उच्छ्वासको अक्षर तानी
भर्दै भाव पीडाको म
लेख्छु लघु प्रेम-कहानी।

(४४)
पीडितको दृगजलको थोपा
मोती संझी विश्व बटुल्छ,
चित्कार उसको पीड़ित मनको
संझी सुखमय गाना सुन्छ।