Last modified on 13 फ़रवरी 2022, at 23:09

वर्षाविचार / लेखनाथ पौड्याल

(१)
प्रजाको हर्षका साथ जल वर्षा गरीकन ।
आई पुगी प्रिय वर्षा वर्षतुल्य वने दिन ॥१॥

(२)
कालाबादलमा सानी उज्याली बिजुली परी ।
कृष्णका काखमा खेली रहेकी राधिकासरी ॥२॥

(४)
इन्द्रिनीहरुको शोभा हेरनू होस सज्जन ।
अप्सराले खसालेका रत्नको हार झै छन ॥३॥

(७)
मेघको गर्जन सुनी नाचे मयुर बेसरी ।
दाताको गुलियो बोली पाएका गरीबै सरी ॥४॥

(१०)
काला पहाडमा सेता पानीका छहरा छुटे ।
कृष्णका छातिका मुक्ताहारको उपमा लुटे ॥५॥

(२१)
दिनरात सबै कालो पारी धुमधुमियो झरी ।
मुखपेट दुवै मैला भएको दुर्जनै सरी ॥६॥

(२२)
वियोगीजनको छाती बञ्चराले सरी चिरी ।
कराए मत्त भै तित्रा तित्तिरी तितिरी गरी ॥७॥

(२२)
लोभरूपी महाजाल फिजिए झै गरी हिलो ।
फैलियेर सबैलाई हालावाला गरी निल्यो ॥८॥

(२७)
नदी समुद्रका पास पूगे हुँ हुँ ठूलो गरी ।
सबै खसंका घरमा गएका दुलहीसरी ॥६॥

(३०)
वर्षादले नरं पारी लागेको भूमि भाग यो ।
करूणाले पगालेको ऋषिको चित्तझै भयो ॥१०॥

(३६)
लिइ कमलको गन्ध चल्यो हावा वरीपरि ।
अरूको गुण फैलाई फिरने साधुझै गरी ॥११॥

(४१)
नाट्यशाला छ प्राकाश नाचने बिजुली नटी ।
मिलायो मेघले ताल हेरनू होस लौ डटी ॥१२॥