Last modified on 11 जनवरी 2025, at 07:27

विभक्ति / राजेन्द्र भण्डारी

म छु
तिमी छौ
बीचमा ‘लाई’ भइदिएको भए
मलाई तिमी हुनेथियौ
अथवा
तिमीलाई म
विभक्तिबिनाका शब्द भयौँ
तिमी र म
कहिले हुने वाक्य हामी
कहिले हुने काव्य ?