Last modified on 25 अगस्त 2024, at 17:03

विभाजन / सुमन पोखरेल

एउटा समय आयो
र त्यस समयले
टुक्राटुक्रा पार्ने कोशिस गर्‍यो समयलाई ।

टुक्रिएका ऐनाका टुक्राजस्तो
पूर्ण भएरै रह्यो हरेक टुक्रामा समय ।

समय टुक्रियो टुक्राटुक्रामा तर
भएन विभाजित ऊ

सोचिरहेछ मानिस
समयले टुक्याएथ्यो समय आफैँलाई
तर किन विभाजित भएन समय
र गराइदियो विभाजन मानिस मानिसका बीच ?