मझेरीको न्यानो घाम
तिमीलाइ सुम्सुम्याउछ
पूर्वको शीतल हावा
तिमीलाइ स्पर्श गर्दे सुस्तरी बहन्छ ।
मलाइ सधै चिसो छिंडीले
अनायासै अल्मलाइ रहन्छ
हावानै नपस्ने गुम्सने कोठाले
उम्कनै दिदैन ।
एउटै आमाका सन्तान हामी
फरकले हामीलाइ फरक बनायो
सडकमा मात्र गुडने तिमी
भीरमा मात्र उक्लने म
तिमी घाम ओढछौ
म संग ओछयाउने पराल सम्म छैन
दिनभरी हामी दुवै उस्तै खटिरहन्छौ ।
तिमी मीठो आफनो गास पाउँछौ, म पाउदिन
यो विभेदको कथा भित्र
म कौरव संग पगे
तिमी कृष्ण सँग
भन भाइ , म आजपनि
अभागी दाइ किन छु रु