Last modified on 4 जून 2017, at 11:57

वियोग / निमेष निखिल


मुटुभित्र तिमीलाई राखी सपना देखेँ हजार हजार
रगतमै औँला चोपी पत्र लेखेँ हजार हजार
विडम्बना ! तिमी फुल्यौ पराइको आँगनीमा
पाइतालाले चाहनाका मुना टेकेँ हजार हजार।