Last modified on 22 अगस्त 2020, at 15:06

विलय / मिना दासत्गेहिब / सुमन पोखरेल

सुन्तलाको बगैँचाका
धेरै चिज बाँकी थिएनन्,
बितेर गएका दिनहरू
सम्मानको म्यानभित्र लुकेका रातहरू
र धूनले भरिँदै गरेको हृदय।

तिमी छैनौ
र बतासमा हेर्छु म
धरती, र पातहरू र भित्ताहरू हेर्छु
अनुहार हेर्छु
हेर्छु पिँजडा
बादल
झ्याल
चोकोस र
हेर्छु पानीको खल्लो स्वादलाई
अनि सुम्पिदिन्छु आफूलाई झरनाको प्रवाहमा ।