Changes

नया पृष्ठ: जब पुनमको चुरा खस्यो मेरो मनको चुचुरा खस्यो । फूलको धारले नै रेट…


जब पुनमको चुरा खस्यो
मेरो मनको चुचुरा खस्यो ।

फूलको धारले नै रेट्न थालेपछि
उनको मनको छुरा खस्यो ।

पोको पारेर राखेको ठाउँबाट
आज अचानक कुरा खस्यो ।

सपनाको चखेवा खेलाउँदै थिएँ
विपनाको झ्वाम्म च्याखुरा खस्यो ।

फुलाउँदा फुलाउँदै मायाको फूल
बसन्तमै मनको आँकुरा खस्यो ।

भमराहरु झुमुन् भन्थेँ वरिपरि
मनको चाकामा माकुरा खस्यो ।

राधा, रुक्मिणी र मीराहरु नसोच्दै
मनमा अचानक मथुरा खस्यो ।

अग्लिदै थिएँ आकासको हिमाल
आफनै मनको टाकुरा खस्यो ।