मलाईबाँच्न यहाँ—
एउटैदिन भए पुग्छ ।
धेरै वर्ष फुलेको अल्छी आयु निष्क्रियताले निलेको निश्चल/सुषुप्त/अकर्मण्य चाहिएन बूढा दिनहरू निदालु आकाङ्क्षा खोक्रा उत्तेजना अल्छे आशा लिएर उभिने घातक क्षणहरू दुश्चिन्ता, विरक्ति, व्यथैव्यथा ओसारी–ओसारी ल्याउने चाहिएन छिमलिएका थुप्रै बेलाहरू
मलाईबाँच्न यहाँ—
एउटैदिन भए पुग्छ ।
मेरा एउटै–एउटैदिन सकारात्मक सपना बोकेर आऊन् जीवनको शाश्वत परिपूर्णता लिएर मेरो बचाइलाई अर्थ दिन आऊन् हजार व्यर्थक्षणहरूको लङ्गडो उपस्थितिलाई हुत्याएर मेरो सबल अस्तित्वको अर्थपूर्णता फुकाल्न आऊन् स्वागत छ त्यही प्यारो एक दिनलाई चाहिएन मलाई श्मशानका रोदन बोकेका मुर्दा मुहूर्तहरू
मलाईबाँच्न यहाँ—
एउटै दिन भए पुग्छ ।
मैले कविताका पङ्क्तिहरू कोरकार पारेको एउटा अमूल्य क्षण यदि छ भने मसँग बाँचोस् काव्यका सुन्दर हरफहरू पढेको एउटा रोचक मुहूर्त यदि छ भने मसँग बाँचोस् मैले मेरो जातिलाई सक्रिय माया जनाएको एउटा अर्थपूर्णबेला यदि छ भने मसँग बाँचोस् मैले असहायहरूलाई दिएको एउटा मीठो दिन यदि छ भने मसँग बाँचोस् चाहिएन मलाई सपनाहरूमै रँगाल्न लाउने खुइलिएका दिन र नाङ्गिएका रातहरू
मलाई बाँच्न यहाँ—
एउटै दिन, फगत एउटैदिन भए पुग्छ ।
</poem>