बलका समकालिन कवि विष्णुविभु घिमिरेले "कृष्णभूषण बलका कवितामा जुन सौन्दर्य चेतनाको इन्द्रेणी छ, त्यो अनुभूति गर्दा लाग्छ- उनी यस धर्तीमा सुन्दर कविता लेख्नकै लागि जन्मिएका हुन्। उनी जब लेख्छन्। उनले लेखेपछि त्यो सुन्दर कविता बन्छ।" भनेका छन् भने बलको लामो सङ्गतमा रहेका वर्तमान पुस्ताका सशक्त कवि सुमन पोखरेलले उनको व्यक्तित्व तथा सिर्जनात्मकता तथा प्रस्तुतिका बारेमा "कृष्णभूषण बल झट्ट हेर्दा ल्याङ्स्टन ह्यूज र मार्टिन लुथर किङका साझा भतिजा लाग्दछन्, तर यिनी हाम्रै इलामबाट अमिलो, धमिलो बग्दै आएर विराटनगरमा थिग्रिई जगतभर चम्किएका मोती हुन् । यिनले अँजुलीमा पोखरीबाट धमिलो पानी उबाएर कागजमा पोख्दा जगतै जगमगाउने गरिको उज्यालो भएर निस्कन्छ। यिनले पोडियममा यसो कुहिनाको आड लिएर बोल्न थाल्दा सभाभवनका भित्री भित्ताहरू पग्लिँदै भूईँतिर बग्न थालेझैँ लाग्दछ । यिनले वाचन गर्दा चैतको हुरी पनि यिनको कविता सुनेर मात्र दौडिने निधो गरी मन्दमन्द बहन थालेझैँ अनुभूत हुन्छ, मलाई ।" भनेर लेखेका छन् ।
'''स्रोतः [https://ne.wikipedia.org/wiki/कृष्णभूषण_बल स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया- कृष्णभूषण बल] '''