|रचनाकार= भीमदर्शन रोका
|अनुवादक=
|संग्रह= घाम डुबी तारा नउदाएको आकाश हुँ म / भीमदर्शन रोका
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ
तिमी ध्यानले सुनिरहनू
त्यसमा मेरो पनि आवाज हुनेछ
फेरि झन् झन् झन् झन् ठूलो हुँदै जानेछ ।
आकार यसको, सूर्यमण्डलजस्तो
घाम वरिपरि घामवरिपरि सभा लागेजस्तो
राती भए चन्द्रसभा
बसिरहेका तारैतारा
चक्रैचक्रचक्रैचत्र
सफा शुभ्र
बाहिर भित्र
सप्ताहहरुमा शहीद सप्ताह
महिनाहरुमा माघ, फागुन
क्रान्तिको रङ्गदरोगनरङ्गरोगन
क्रान्तिको चिर आयु, आगमन ध्वनि
चिरपरिचित
चोटमा चोट थपिँदा पनि
टन्न आवाज मिलेको
टन्टलापुर घाम मानो मानौँ मध्यान्हमा बजिरहेको
बन्दै आयो टाढा टाढासम्म
दिशा एकै
दुवै हात फैलाएर
तीनै सप्तक छोएर
स्वर सागरहरुको सङ्गममसङ्गम
ल्याइरहेको परिवर्तन
लाखौँलाखको बीचमा
मेरो आवाज छुटिएन छुट्टिएन भने
चिन्न पनि सकेनौ भने
खुशी हुनेछु, मिलिसकेको रहेछु