{{KKGlobal}}
{{KKRachna
|रचनाकार= भीमदर्शन रोका
|अनुवादक=
|संग्रह= घाम डुबी तारा नउदाएको आकाश हुँ म / भीमदर्शन रोका
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
ऋतु वसन्त नआएको भए तिमीले गीत मेरो नगाएको भए गुराँस यति रातो हुने थिएन तिमी यसरी नशर्माएको भए !
धर्तीले छातीमा फूल नलाएको भए छहरामा लहराले चुल्ठी नबाटेको भए
यो वसन्तमा म के पाउने थिएँ ?
पोहर वसन्तमा तिमीले क्यै नलुकाएको भए ! वनले बस्ती नछोएको भए मनमा मस्ती नआएको भए फूलको प्याला रित्तिने थिएन तिमीले यसरी नपियाएको भए !
वनले बस्ती नछोएको भए
मनमा मस्ती नआएको भए
फूलको प्याला रित्तिने थिएन
तिमीले यसरी नपियाएको भए !
</poem>