1,754 bytes added,
10:23, 2 नवम्बर 2017 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= ओकिउयामा ग्वाइन
|अनुवादक=
|संग्रह= सुवर्ण-पल्लव / ओकिउयामा ग्वाइन
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
घनघोर वरखा
तिमिर<ref>तिमिर-अँध्यारो </ref> -अन्ध-तमासा<ref>तमसा-तमद्वारा आवृत्त, अन्धकार</ref>
दूर देवालय
बसेको थिएँ, पूजाका डालो, सजाई जतन
आशा-मिश्रणसँग ;
बिति ता गयो अर्घ्यको लग्न
देवालयमा पुरोहित आएन ।
पूजाको क्षण टर्दै गयो
पूजासामग्री सब, विफल भयो
मनको आशा मनमै मर्यो
घोर उपेक्षामा तप्त-आँखि-जल चुहुन थाल्यो ।
तब त्यही क्षण
सुनें बज्र-निनाद
भएका कर्णकुहर छेडेर
विद्युतपतन भूकम्प-चलन
देवालय ध्वंसेर
नाश भयो जलेर ;
त्य्यसपछि, प्रलय शेष
भएको थियो आकाशवाणी
गम्भीर स्वर-
हेर् अन्तर्दृष्टि खोली अहै मूढ
तेरो नै अन्तस्थल अन्तःसत्त्वमध्ये
रैछन् देवता तेरो
विराजमान भएर ।
</poem>
{{KKMeaning}}