1,282 bytes added,
11:11, 26 मार्च 2018 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
भन्छन् मान्छेहरु -
दुखमा मान्छे ईश्वरको नाम लिन्छन् !
तर मैले लिइन ईश्वरको नाम ।
जब -
एकदिन अचानक थुना परें
जिन्दगीको पहिलो पल्ट
म गहिरो धर्म संकटमा परें ।
टायरको झापट
रातभरी उडुस
गस्ती मच्छडको रातभरी
सम्झना आमाको रातभरी
सम्झना बहिनीको रातभरी
तर,
लागिरहयो त्यसबेला पनि ईश्वरको बाक्लो घृणा
मैले लिइन ईश्वरको नाम
बरु,
सोचें, सोचिरहें प्यारपूर्बक
मार्क्स । एंगेल्स । लेनिन । स्टालीन । माओ
होची मिन्हा । लुलुम्बा । फ्युचिक !
</poem>