1,416 bytes added,
04:23, 27 मार्च 2018 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
म आज यहाँ अब बस्न सक्दिन
रातभृ लामखुट्टेको अटुट आक्रमण
रातभरि गीत
ट्वाँ ... ट्वाँ ...
तपाइले भन्नुभयो
आज राति मिठा मिठ बातहरु मारौंला
धुप सल्काउँला
तर दाई !
म अब बस्न सक्दिन
आज रात म यहाँ बस्न सक्दिन
म थाकिसकें
म आउनेछु
फेरि एक महिनापछि
दिए हुन्छ त्यतिखेरै टाकानटुकुन पैसा
केहि छैन, आजै नदिए पनि हुन्छ
अब म महिनैपिच्छे आउनेछु
मैले आज धरान फर्कनै पर्छ
म आज रात तपाईंसंग यहाँ बस्न सक्दिन
रातभरि लामखुट्टेको हमला
ट्वाँ ... ट्वाँ ...
रातभरि हस्तक्षेप लामखुट्टेहरुको
ट्वाँ ... ट्वाँ ...
</poem>