Changes

टाउकोहरु / विमल गुरुङ

2,000 bytes added, 04:47, 27 मार्च 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

युद्ध अझ सकिएको छैन
बिषालु सर्प अझ बाँकि छ
बढ वीरहरुको जमात, सुनको महल जलेको छैन
बढ पानीमा कुदिरहेका माछाहरु, सुनको महलतिर
हत्याराहरुलाई किन फाँसी भएन?
टोपीहरुमाथि एउटा हिराको श्रीपेचको अत्याचार भएको थियो
पहाडहरु अझ नाङ्गा छन्
फूलहरुको पेट अझ कराइरहेकोछ
ल्याम्पपोष्टहरुको अझ सहारा छैन
सुकिलो कोटका मान्छेहरुले
यसपालि फेरि रोके बाढी
फेरि नयाँ दराजमा पुरानै किताबहरु
फेरि नयाँ प्लेयरमा पुरानै धुन
कुर्सीमा फेरि अर्को बुख्याचा
युद्ध अझै सकिएको छैन
फेरि धोका भयो
जहरिलो नाग बचाईयो
अहिंसा !
यो अब हुन सक्दैन
तोपको नली अगाडी अब कोहि बेहतियार जान तयार छैन
अहिंसाको पाठ जहरिला नागहरुकहाँ गएर सिकाऊ
हरिनहरु अब तिम्रो कक्षामा बस्दैनन्
युद्ध अझ सल्किएको छैन
टाउकोहरु अब तिम्रो खिलाफमा सोच्छन् ।

</poem>
Mover, Reupload, Uploader
10,369
edits