Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

म तिमीलाई प्रेम गर्छु
जति माछा
पानीलाई प्रेम गर्छ
नाचिरहन्छ
रात/ बिहान/ सांझ
तिम्रो लामो-लामो केश आँखा अगाडी
आँखालाई आक्रमण गरिरहन्छ
संधै-संधै
तिम्रो हंसिलो मुहार
तिम्रो गम्भिर अनुहार
तिम्रो शुष्क ओंठ
म तिमीलाई प्रेम गर्छु सुश्री !
हृदयको गहिराईबाट
सगरमाथाको उच्चताबाट
म आकाश
तिमी घर्ती
म तिम्रो सानो गुँडतिर एकनाश टोलाइरहन्छु
मनभित्र तिम्रो चित्र सजाएर
पट्यारलाग्दो रात
केहि लेख्दै
केहि कोर्दै
केहि पढ्दै बगाइरहन्छु
बगाइरहन्छु
म तिमीलाई प्रेम गर्छु
बिश्वास लाग्दैन भने तिमीलाई मेरो प्रेमको
अहा ---, कति कटु !
गीता !
मेरो यो स्वच्छ प्रेमको पुष्प स्विकार गर
बिश्वास गर
म तिमीलाई बर्षौंबर्ष देखि चाहन्छु
गीता जी, बिश्वास गर
म तिमीलाई प्रेम गर्छु ।

</poem>
Mover, Reupload, Uploader
10,369
edits