Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= [[गीता त्रिपाठी]] |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= [[गीता त्रिपाठी]]
|अनुवादक=
|संग्रह= नृशंस पर्खालहरू / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
अपदस्थ सपनाहरूका जेलबाट
मूक्त गर्दै
चिसा रातहरू
उदाश दिनहरू
रगतका रापिला प्रतिबिम्बहरूले
नमेटिने इतिहास लेखिरहेछ- चक्रपथ

साँगुरा गल्लीहरूमा
काँढेतार लगाएर
रोकिँदैन यसको यात्रा
रक्तिम आकाशमुनिको चौडा छातीमा
आहत इतिहास पल्टाइरहने
स्वतन्त्र गति हो- चक्रपथ

तिम्रा पाइलाहरू
खम्बा भएर टेकिनुपर्छ
तिम्रा आवाजहरू
क्षेप्यास्त्र भएर पड्किनुपर्छ
गोलीको निरीह- नपुंशकतामा
भुकिरहेका सिकारी कुकुरहरू छेऊ
नरसिंह अवतार भएको छ – चक्रपथ

नयाँ युगको पथप्रदर्शक
आमूल परिवर्तनको उद् घोषक
रगतको अभिलेखमाथि उभिएर
सहिदहरूको सपना पर्खिरहने
क्यानभासको बलियो किनारा हो- चक्रपथ।

</poem>
Mover, Reupload, Uploader
10,369
edits