सपनाहरूको पछिपछि
धाप मार्दै कर्मको निष्ठुर उपलब्धिलाई।
आज किन हो, उसलाई तर
सिरान लगाएको ढुङ्गो पनि नियतिजस्तै कठोर लागिरहेछ।
कल्पनामा निफन्दै निदाउन खोज्छ,
साँझजस्तै धमिलो र भाग्यजस्तै पातलो बर्कोले छोपेर आफूलाई।
मानौँ , त्यो बर्काले उसका सबै अभावहरूलाई छोपिदिनेछ।
उसका तमाम खुसी र मुस्कान बोकेको भोलिलाई सम्झन्छ
पुस्तौँ बितिसक्दा पनि, तर
आएन भोलि कहिल्यै।
</poem>