{{KKCatNepaliRachna}}
<poem>
समय
अँध्यारो बोकेर
केवल आफ्नो उज्यालो ओढी बाँचेको देखेर।
जिस्काउँदो छ, बादलमा लुकेर घरिघरि
तल छामछाम छुमछुम गर्दै हिँडिरहेका आकृतिहरूलार्इ।आकृतिहरूलाई।
आकाश आफ्नो पछ्यौरीभरि तारा टल्काएर खिज्याउँदो छ
मास्तिर हेर्ने जो कोहीलार्इ।कोहीलाई।
यस युगको धर्तीप्रतिको यो उपेक्षा देखेर रिसाउनुपर्थ्यो मैले सायद।