<poem>
ईश्वर नामको चित्रकारले युगौँ पहिले बनाएथ्यो एक सुन्दर तस्बिर
र उपहारको रूपमा दिएथ्यो सूर्यलाई कुनै दिन,
तस्बिरमा थिए–सेताम्मेफुलेका थिए–सेताम्मे फुलेका हजुरबा पर्वतहरू
दार्शनिकको विचारमग्न आँखाजस्ता शान्त तलाउ
रङ्गीविरङ्गी रूख, पात र बुट्यानहरू
कुनै रिलेदौडमा भाग लिइरहेको धावक नदी
टाउकोमा सिङको सिङ्गै रूख बोकेर कुदिरहेका रेयन डेअररेनडिअर
हिउँको झरीमा नुहाइरहेका बाटा र मोडहरू
नीलो पछ्यौरी ओढेर सुतेको समुद्र
धेरै धेरै तस्वीरहरू थिए तस्बिरमा
र थियो जीवन बाँच्ने कला !
गाउँ, पहाड र खोलाको किनार घुमी हिँड्ने पर्यटक—सूर्य घुमीहिँड्ने घुमन्ते —सूर्य
अचेल प्रत्येक दिन जब निदाउन खोज्छ रातमा
भाग्छ निद्रा र आँखाभरि घुम्छन् उनै मनोहर दृश्यहरू
एकटक हेर्छ सूर्यले उपहारमा पाएको त्यही तस्बिर
अनि निदाउँछ तृप्त भएर
गुटुमुटु अँध्यारोको सिरकले मुख छोप्दै !
</poem>