|रचनाकार=सुदीप पाख्रिन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
निराशाहरुको
थिलियम* <ref>मन्द बिष </ref> पिएर बाँचिरहेका — हामी
प्रायश:
संवेदनाहरुको गुरुत्वाकर्षणभित्रै घस्रिरहेका हुन्छौं
हरेक मौसमलाई
जाडोको मौसम ठानी
गड्यौंला भैंm गड्यौंलाझैं मस्त शीत–निंद्रामा शीत-निंद्रामा हुन्छन्
हामी
नीलो तापभित्रका मूक आवाजहरु
इलेक्ट्रोनिक मस्तिष्क बोकेकाहरु सामु ।
कुनै प्रतिकृयाहरु जन्मदैनन्
— रोबोट अनुहारहरुमा
मात्रै मुस्कुराइरहन्छन् — प्रायोजित मुस्कान
र, भट्याउँछन् — कृतिम ‘रेकर्डेड’ 'रेकर्डेड' शब्दहरु
हामीहरु
संवेदनाहरुको हिउँ पग्लिन्छ कि खोज्दैं
— लौह मानवहरुका आँखाहरुमा
चकित हेरिरहेछौं
अमिबा%–बिचारहरुका <ref>माइस्क्रोस्कोपको सहायताले मात्रै देखिने सुक्ष्म जीवाणु, जसको कुनै निश्चित आकार हुदैन र आकार बद्लिरहन्छ ।</ref>-बिचारहरुका आकृतिहरु
जो
प्रतिपल
किन पग्लदैनन् — तिम्रा इलेक्ट्रोनिक मस्तिष्कहरु ?
किन तरल बन्दैनन् — तिम्रा लौह मानसिकताहरु ??
☼☼☼
*मन्द बिष
%साह्रै सानो जीव जसलाई माइक्रोस्कोपले मात्र हेर्न सकिन्छ र जसको निश्चित कुनै आकार हुदैन अर्थात आफ्नो आकार बद्लिइ रहन्छ ।
</poem>