Changes

महमूद दरवेश / परिचय

4,418 bytes added, 14:14, 20 अगस्त 2020
{{KKRachnakaarParichay
|रचनाकार=महमूद दरवेश
}}====महमूद दरवेश - परिचय==== '''हिंदी में'''  फ़िलिस्तीनी प्रतिरोधी साहित्य के इस सबसे बड़े कवि का जन्म 1941 में हुआ.
महमूद दरवेश बचपन से ही फ़िलिस्तीनियों पर इज़रायली अत्याचारों के मुखर विरोधी रहे.
अरब जगत ने खोया प्रखर एवं सजग कवि
 
रामल्लाह। फलस्तीनियों की दुख: और पीडा तथा उनके संघर्ष को अपनी कविताओं के जरिए आवाज देने वाले मशहूर कवि महमूद दरवेश को बुधवार को यहां हजारों लोगों ने नम आंखों से अंतिम विदाई दी।
वे फलस्तीन मुक्ति संगठन की कार्यकारिणी के सदस्य भी रहे, लेकिन 1993 में इजरायल और फलस्तीन के बीच हुए ओस्लो समझौते के विरोध में उन्होंने संगठन के नेता यासिर अराफात से अपना नाता तोड लिया और पद से इस्तीफा दे दिया। गौरतलब है कि पिछले महीने उन्होंने संवाददाताओं से मुलाकात में कहा था कि मेरी नई कविता हास्य और व्यंग से भरपूर है जिसमें आप फलस्तीनियों के साथ-साथ इजरायलियों की भावनाओं को भी पढ पाएंगे। क्योंकि मेरा मानना है कि व्यंग एक ऐसी दवा है जो हमें घावों की पीडा और दुख: और दर्द को भुलाकर हंसने का मौका देती है।
 
.......................................................
 
'''नेपालीमा'''
 
महमुद दरविसको जन्म १३ मार्च सन्‌ १९४१ मा प्यालेस्टाइनको अल बिर्वामा एक जमिनदार सुन्नी मुसलमान परिवारमा भएको थियो। इज्राइल राज्यको रूपमा स्थापित हुने क्रममा सन्‌ १९४८ मा उनको गाउँ तहसनहस भयो र उनीहरू लेबनान पलायन भए।अर्को वर्ष उनीहरू लुकेर इज्राइल छिरे र गाउँ फर्किए।
 
राजनैतिक कृयाकलापमा संलग्न भएको र सार्वजनिकरूपमा कविता सुनाउँदै हिँडेको आरोपमा युवा अवस्थामा दरविसलाई अनेकौँपल्ट नजरबन्द तथा थुनामा राखियो।उनी सन्‌ १९६० मा औपचारिक रूपमा इज्राइलको कम्युनिस्ट पार्टीमा प्रवेश गरे।सन्‌ १९७० मा उनी रुस गएर एक वर्ष मास्को विश्वविद्यालयमा अध्ययन गरी कायरो गए। उनी २६ वर्षसम्म निर्वासित भएर बेरुत र पेरिसमा बसे र सन्‌ १९९६ मा इज्राइल फर्किए।त्यसपछि उनी रामाल्लाहमा बसे।
 
प्यालेस्टाइनका सर्वाधिक प्रखर कविका रूपमा चिनिएका दरविसले बाईस वर्षको उमेरमा आफ्नो पहिलो कवितासङ्ग्रह 'असाफिर बिला अज्निहा' (पङ्खरहित पक्षी) प्रकाशित गराएका थिए।त्यसपश्चात् उनले तीस वटा कवितासङग्रह तथा अन्य आठ वटा पुस्तक प्रकाशित गराए।उनका रचनाहरू विश्वका दुई दर्जन भाषाहरूमा अनुदित छन्‌।
 
दरविसले दुईवटा विवाह गरे तर दुबै विवाह विच्छेद भए।उनको पहिलो विवाह लेखिका राना कब्बानीसँग भएको थियो भने दोस्रो विवाह मिस्रकी अनुवादक हयात हीनीसँग भएको थियो।
 
प्यालेस्टाइनका सर्वाधिक लोकप्रिय कवि महमुद दरविसको मुटुको शल्यक्रियाको तीन दिनपछि ९ अगस्ट सन्‌ २००८ मा संयुक्त राज्य अमेरिकाको हस्टनमा निधन भयो।
 
दरविसले आफ्नो इच्छापत्रमा जनाए अनुसार उनको शवलाई प्यालेस्टाइन लगेर अन्तिम संस्कार गरियो।उनको मृत्युमा प्यालेस्टाइन सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्‍यो।भनिन्छ, महमुद दरविसको अन्तिम संस्कारमा सम्पूर्ण प्यालेस्टाइन उर्लिएर आएझैँ देखिन्थ्यो र उनका मलामीहरूको सङ्ख्या नेता यासिर अराफातका मलामी जति नै थियो।
Mover, Reupload, Uploader
10,371
edits