1,288 bytes added,
10:14, 16 सितम्बर 2020 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=तुल्सी थापा
|अनुवादक=
|संग्रह=एक निमेष अनन्तको
}}
{{KKCatNepaliRachna}}
<poem>
'''३१. बृद्धत्व'''
उज्यालो होऊ लालटिन
लौरो तिमी कहाँ छौ ?
अझै धेरै टाढा पुग्नु छ !
'''३२. आशा'''
बास त्यहाँ बसौँ
देखिने छ जहाँबाट
भोलिको बिहानी ।
'''३३. लहर'''
फेरि कतै कहीँ सुरु हुन सक्छु
किनारा पर्खेका डुङ्गा हो !
चट्टानको सीमा पनि नग्न सक्छु ।
'''३४. टिस्टा'''
बग्दै थियौँ त सँगै, सदियौँदेखि
हाम्रो इतिहास कहाँ छुट्यो
थाहै भएन कहिलेदेखि ?
'''३५. जुलुस'''
त्यो यस्तो भिड हो
त्यहाँ घुसी हेर, थाहा पाउने छौ
सबै एक्लाएक्लै हिँडदै छन् ।
</poem>