'वैष्णव' जी साहित्य र जीवनको व्यापक सम्बन्ध दर्शाएर आफ्नो उपनाम सार्थक पानं खोज्नुहन्छ । छन्दको बन्धन तोडे तापनि लय र ताललाई अँगालेर नयाँ निर्माण गर्दै आन्तरिक ध्वनि सुनाउनुहुन्छ, नैराश्य र दैन्यले धमिलो भए तापनि प्राशा र हर्षको अरुणोदय हृदयाकाशमा रङाउनुहुन्छ । आँसु बहाएर पनि, हँसाउने चेष्टा गर्नुहुन्छ, कमजोरी छुटाएर समाजलाई पोस्ने साधनाको सिर्जना गर्नुहुन्छ ।
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)