1,741 bytes added,
05:43, 23 नवम्बर 2020 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=प्रेमप्रकाश मल्ल
|अनुवादक=
|सङ्ग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
म मरे पनि मेरो देश बाँची राखोस्
हिमालको टाकुरामा, नेपालीका पाखुरामा
चन्द्र र सूर्य अंकित झन्डा
फरफर नाची रहोस्
लालीगुँरासको फूलमा मेरै रगतको रङ्ग
डाली डालीमा झुल्दछ मेरै मनको तरङ्ग
मेरो सारा अस्तित्व येही धरतीमा मिलेको छ
कदापी मर्दैन चाहे कसैले मुटु नै चुँडी लगोस्
मर्छु देशको निम्ति गर्दै मरी मरी काम
अर्पित गर्छु आफ्नो जीबन यो देशलाई तमाम
येही एउटा धोको छ, चाह अरु केहि छैन
मा मरे पनि यो मेरो प्यारो हिमाल हांसी राखोस्
आफ्नो गीतहरुमा मैले कल्पना लाखौ पोखें
स्वदेशलाई माथि उचाल्ने सपना हजारौ देखें
फलोश फुलोश यो देश सँधै येही नै मेरो कामना
म मरे पनि यो देशले मेरो सपना साँची राखोस्
</poem>