1,788 bytes added,
17:06, 2 दिसम्बर 2020 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=रेमिका थापा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
भुइँमाने दर्जीहरूका टोलमा
देशी विज्ञापनको पर्चा ।
यस्तो थोत्रे ठाउँमा पनि बस्ने हो
फेसन भन्ने कस्सैले जानेको छैन !!
उस्ताद बिस्मिल्लाह खानको विहाग सुनेर
पिल्पिलाउँदै गरेका हाम्रा दमाई दर्जिनीहरू ।
खोइ मुम्बई टीभीले देखाउँदैन त
आफ्नो मान्छेको आइटम शो !
राजधानीको विराट फेसन वीकमा कतै देखिएन
आफ्नो मान्छेको कलेक्सनमा चौबन्दीहरूको परेड।
कसो ?
सियोले समयको अक्षर सिउन सकेन कि
बाजाले समयको राग साध्न जानेन?
यतातिर अचेल,
दर्जीहरूका टोलमा दर्जीहरू बस्तैनन्
दर्जीको पनाति एउटी आजिलाको भट्टीमा
नोकर छ।
अचेल कसो हो
नखा'को बेला - मौका
पूरै मन लगाएर पनातिले
विरानी सिक्दैछ ।
</Poem>