1,318 bytes added,
17:09, 2 दिसम्बर 2020 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=रेमिका थापा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
आमाको झोलिएको काखीमुनि
छातीमुनि
घुस्रेर रोइरहने तरुणो छोरो ।
आमाले नै आङमा तुइँतुइँ बोकिहिँड्नुपर्ने
बलियो जवान छोरो ।
यसले त अरूको भाषै बुझ्दैन
यसले त अरूको हप्काइ खप्दैन।
अरूले जबर्जस्ती गर्ला
अरूले तर्साइदेला
अजातिले भेटे ज्यानै खाइदेला !
बुढेसकालको लाठी !
एकदिन आमाको जवान छोरो
सिपाहीको रगतपच्छे फुटेको खप्पर देखेर
ठहरै मऱ्यो।
तब आमा उठिन्
'खै कहाँ छ त्यो खड्कबहादुरको खुकुरी हँ ?'
</Poem>