1,758 bytes added,
17:21, 2 दिसम्बर 2020 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=मनप्रसाद सुब्बा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
तिनीहरूले मेरो हिजोलाई
टुक्रा टु क्रा
पारेर
हावामा हुऱ्याइदिएका थिए
तर ती टुक्राहरू जहाँ-जहाँ खसे
त्यहीँ-त्यहीँबाट लहरा उम्रेर
एक-अर्कासित गाँसिए
र फेरि
उही यौटै हिजो भइउठे
*
मेरो आजलाई
बर्चहिलको जूभित्रै राखेर
तिनीहरू
सिजनमा रमिता हेर्न आउँछन्
*
अरे ! मेरो व्याकरण कितापबाट
भविष्यत् कालको पृष्ठ
कसले काटेर लग्यो हँ ?
*
भो, जिद्दी नगर्नोस्, महाशय !
यो बीउ भोलि उमार्न राखेको
कुनै कीमतमा बेच्दिनँ
*
हेर्छु, मेरो भोलिलाई
कुन बलात्कारीले कोठरीमा थुनिराख्दोरहेछ
आखिर, मालसिरी पढेर निस्केको छु
म खड्कबहादर विष्टको खुकुरी,
हान्छु गर्दनमा !
(२ सेप्टेम्बर २००८)
</Poem>