1,901 bytes added,
17:23, 2 दिसम्बर 2020 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=मनप्रसाद सुब्बा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
म अरिबहादुर गुरुङ
हजुर, संविधानको खेस्रामा छु नि म यौटा हस्ताक्षर
अ-देखि ङ-सम्म मेरो नामको अक्षरहरूले
जति ठाउँ ओगटेको छ नि
त्यति नै त हो मैले दाबी गरेको
ती अक्षरहरूमा म सधैँ अक्षर छु
अ भन या अल्फा
यो देशको वर्णमालामा म सधैँ छु
कहिलेदेखि थाह छ ?
जहिलेदेखि ओम् ध्वनि सुन्न थालिएको हो
हो, म अरिबहादुर गुरुङ
अ-बाट यात्रा हिँडेको आदिकालदेखि नै
देववाणीको देवनागिरी पढ्न आउँछ हैन ?
त्यहीँ हेर्नू म कहाँनेर छु
अनि कहिलेदेखि छु
'अरिबहादुर गुरुङ' त्यो मसौदामा सुरक्षित छ
तर किन अरिबहादुरहरू चैँ असुरक्षित हँ ?
अब अरिबहादुरको होइन,
तर अरिबहादुरको अ-लाई सोध्नू –
कति प्राचीन हो ऊ यो देशमा
( २७ जुलाई २००८)
</Poem>