1,367 bytes added,
17:26, 2 दिसम्बर 2020 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=मनप्रसाद सुब्बा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
तिम्रो सामन्ती विचारको भारी बोकेर
हिँड्ने छैनन् अब यी शब्दहरू ।
यिनीहरूले
आफू फुक्का भएको घोषणा गरिसके ।
तिम्रो प्रपग्याण्डा र विज्ञापनको कङ्क्रिट खेतबारीमा
यी शब्दहरू जोतिनसम्म जोतिए
तर बधाइ-पत्र र अभिनन्दनहरूमा
यी शब्दहरूले कहिले ठाउँ पाएनन्।
आज आफ्नै करङको एकोडियन बजाउँदै
यिनीहरूले
आफ्ना हजुरबुबाको पनि हजुरबुबाले गाएको गीत
फेरि खोजिनिकाली कोरस गाउँदैछन् ।
( १२ अगस्त २००८)
</Poem>