Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=शिवशङ्कर थापा |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=शिवशङ्कर थापा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ
यो मनको आगो फेरि कहिँ कतै सल्कूँ भन्छ
चट्टानलाई फोरूँ भन्छ, पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई उज्यालोमा भनूँ भन्छ

रुने आँखा हुन्छ चिसो हुन्छ, हाँस्ने ओठ नीलो हुन्छ
मरिजाने मान्छेलाई बाँच्न कति कथा हुन्छ
यो रातको कथालाई उज्यालोमा भनूँ भन्छ

कति कमजोर मन रै'छ, फुटी जाने डर हुन्छ
कति कमजोर फूल रै'छ, झरी जाला जस्तो हुन्छ
यो रातको कथालाई उज्यालोमा भनूँ भन्छ

हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ
यो मनको आगो फेरि कहिँ कतै सल्कूँ भन्छ
चट्टानलाई फोरूँ भन्छ, पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई उज्यालोमा भनूँ भन्छ
</poem>
Mover, Reupload, Uploader
10,400
edits