1,228 bytes added,
02:57, 6 मई 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
हजार आँखाबाट जोगाइराखेको यो बैँस
कसले खोस्ने थाह थिएन तिमीले पो रैछ
सुनाउन खोज्थ्यो मुटु कसैलाई धड्कन
कुनै कुरा भन्न खोज्थ्यो कसैलाई यो मन
भीडहरूमा व्यग्रताले खोज्दथे यी आँखाहरू
कसलाई भन्ने थाह थिएन तिमीलाई नै रैछ
सपनामा कोही आउँथ्यो मुहार लुकाएर
रात भई मलाई छोप्थ्यो केश फुकाएर
कतै भाग्थ्यो कुनै आहट कोट्याएर मुटु
के हो भन्ने थाह थिएन, तिम्रो निम्तो रैछ
</poem>